Nic Ad Nic Ad
Nic Ad Nic Ad

जसले एउटा गेम खेल्न साइकलमा ६४ फोन जोडे 

सोमबार, माघ १६, २०७९

काठमाडौँ – हरेक व्यक्तिहरुमा आ–आफ्नो किसिमको लत हुन्छ । तर, अहिले सबैको सामुहिक लत भनेको इन्टरनेट हो । हामी इन्टरनेटबाट टाढा रहन सक्ने अवस्थामा छैनौ । 

ताइवानका एक ७४ वर्षका वृद्ध व्यक्तिले इन्टरनेटबाट चल्ने गेमलाई यस्तो लत बनाए कि जसका लागि साइकलमा ६४ वटा फोनसेटहरु जोड्नु पर्यो । 

तपाईले पनि भाइरल गेम पोकेमोन गोको बारेमा सुन्नु भएको होला । यो गेम यति छिटो भाइरल भयो कि धेरै मानिसहरु यस गेमको लतमा परे ।

आज पनि धेरै देशहरुमा यो गेम लोकप्रिय छ । यस खेलको सन्दर्भमा ताइवानका ७४ वर्षीय पुरुषको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।  

उनले गेममा आफ्नो लबल बढाउनको लागि साइकलमा ६४ फोनहरु जोडेका हुन् । ताइवानका चेन सान युआनलाई उनका नातिले यो खेलका बारेमा बताएका थिए ।

तर, उनलाई खेल्न सिकाएको २ वर्षमा उनले साइकिलमा नयाँ फोन लगाउन सुरु गरेका थिए । गेमका बारेमा आउने हरेक नोटिफिकेसन्हरुका हेर्न र त्यसको आवश्यक्ता अनुसार आफ्नो लेबल बढाउनका लागि उनले फोन जोडेका हुन् ।
 

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  ०८:४३
प्रतिक्रिया दिनुहोस्