नेभिगेशन
सुरक्षा–अपराध

धनुषाबाट ६ जना अभियुक्त फरार

काठमाडौँ – धनुषाको इलाका प्रहरी कार्यालयबाट ६ जना अभियुक्त फरार भएका छन् । 

धनुषा प्रहरी प्रवक्ता डिएसपी प्रदीप बहादुर क्षेत्रीका अनुसार आइतबार राति खाना खाएर सुतेका अभियुक्त फरार भएका हुन् ।  धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा पर्ने इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट उनीहरु फरक भएका हुन् ।

पुरानो भवनमा बनेको थुनुवा कक्ष भएकाले गृल तोडेर भागेको धनुषा प्रहरी प्रमुख एसपी विश्व खड्काले जानकारी दिए । उनीहरुको खोजी कार्य तीब्र पारिएको प्रहरीको भनाइ छ ।  

थुनुवा कक्षको पर्खाल भत्काएर उनीहरु फरार भएको  डिएसपी क्षेत्रीले जानकारी दिए । 

उनका अनुसार लागूऔषध मुद्दाका विनोद शर्मा, सार्वजनिक मुद्दाका अमित मण्डल र रोषण यादव, अभद्र व्यवहार सम्बन्धी मुद्दाका हरिविक सिंह तथा हातहतियार मुद्दाका रोषण महतो र शंकर सिंह फरार भएका छन् ।

फरार अभियुक्तहरूको खोजी भइरहेको र उनीहरू कसरी फरार हुन सफल भएको विषयमा पनि थप अनुसन्धान भइरहेको डिएसपी क्षेत्रीले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप सुरक्षा–अपराध

२४४ किलो गाँजासहित १ जना पक्राउ