माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
काठमाडौँ– सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दै छ ।
बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा गृह मन्त्रालयबारे छलफल हुने बताइएको छ ।
यसअघि गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको भए पनि रवि लामिछानेको नेपाली नागरिकता सर्वोच्च अदालतले अवैध ठहर गरेको थियो ।
नागरिकता अवैध भएसँगै लामिछानेले उपप्रधान एवं गृह मन्त्रालयको जिम्मेवारी गुमाएका थिए ।
आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नेपाली नागरिकता लिएसँगै
उनले पुनः गृहमन्त्रीको दाबी गरेका छन् ।
माओवादीले पछिल्ला राजनीतिक घटनाक्रमलाई लिएर छलफल गर्न पार्टीको पदाधिकारी बैठक बोलाएको हो ।
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९ १०:०८
प्रतिक्रिया दिनुहोस्