Nic Ad Nic Ad
Nic Ad Nic Ad

पेट्रोल छर्केर आगो लगाउँदा छोराको मृत्यु

सोमबार, माघ १६, २०७९

नेपालगन्ज– बाँकेको कोहलपुर नगरपालिकामा एक युवकले आफ्ना छोरा र पत्नीलाई आगो लगाउँदा छोराको मृत्यु भएको छ  । घटनामा ३० वर्षीया गंगा विक गम्भीर घाइते भएकी छन् । 

samridhi jewllers

आइतबार साँझ कोहलपुर–१ शान्तिनगर बस्ने ३२ वर्षीय भानुभक्त विकले घरायसी झगडामा पत्नी र २ बर्से छोरा प्रिन्सलाई पेट्रोल छर्केर आगो लगाएका थिए । 

बुबाले लगाएको आगोले जलेर प्रिन्सको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

जलेर गम्भीर घाइते भएका २ वर्षीय बच्चा प्रिन्सको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो । 

गंगा विकको घाँटी र ढाड जलेको छ । नेपालगन्जस्थित भेरी अस्पतालमा उनको उपचार भइरहेको छ ।

आरोपीलाई भारततर्फ भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । दिल्ली जाने बस चढेर भागेका भानुभक्तलाई गएराति पक्राउ गरिएको र घटनाको अनुसन्धान थालिएको  घर्तीले बताए ।

कोहलपुर नगरपालिकाकी उपमेयर संगीता सुवेदीका अनुसार भानुभक्तले १ वर्ष अगाडिदेखि नै पत्नी गंगालाई कुटपिट गर्थे । आइतबार पनि बिहानैदेखि २ जनाबीच झगडा भएको थियो ।

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  ११:३०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार