माओवादी केन्द्रको आकस्मिक पदाधिकारी बैठक बस्दै
काठमाडौँ –नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । राष्ट्रपति निर्वाचन र गृहमन्त्रीको विषयमा छलफल गर्न स्थायी कमिटी बैठक स्थगित गरेर माओवादी केन्द्रले सोमबार आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाएको हो ।
सचिव गणेश साहका अनुसार पार्टी कार्यालय पेरिसडाँडा बैठक बस्नेछ । बैठकमा यस अगाडि स्थायी कमिटी बैठकमा शुक्रबार पेश गरिएको पार्टी एकतासम्बन्धी प्रतिवेदन, राष्ट्रपति निर्वाचन र पार्टी स्कूलिङ विभागको प्रतिवेदनमाथि छलफल हुनेछ ।
माओवादी केन्द्रका अधिकांश नेताहरूले साझा व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्नेमा जोड दिएका छन् । उनीहरूले राष्ट्रिय सहमतिका आधारमा साझा व्यक्तिलाई राष्ट्रपतिमा अघि सार्न पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि दबाब पनि बढाएका हुन् ।
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९ ११:५२
प्रतिक्रिया दिनुहोस्