नेभिगेशन
समाज विविध

सेवाग्राहीलाई हैरानी दिएको आरोपमा ८ जना पक्राउ

पर्सा –वीरगन्जस्थित मालपोत कार्यालयमा सेवाग्राहीलाई हैरानी दिएको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । 

मालपोत कार्यालयमा आएका सेवाग्राहीलाई हैरानी दिने कार्यमा संलग्न अभियोगमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा वीरगन्ज महानगरपालिका–२७ उदयपुरघुर्मी बस्ने ३० वर्षीय दीपक, कुमार पटेल, सोही महानगरपालिका–२९ अठराहा बस्ने २१ वर्षीय सन्तोष कुमार राउत, सोही महानगरपालिका–१९ बस्ने २२ वर्षीय राजकुमार साह, सोही महानगरपालिका–२५ बस्ने २६ वर्षीय सुशील कुमार साह् र सोही महानगरपालिका–२४ बस्ने ४८ वर्षीय शुभनारायण महतो कोईरी छन् । 

यसैगरी पक्राउ परेका थप व्यक्तिमा पकाहामैनपुर गाउँपालिका–१ धोरे बस्ने २३ वर्षीय धर्मेन्द्र कुमार सहनी, सोही गाउँपालिका–२ बस्ने २५ वर्षीय सञ्जय चौहान र बहुदरमाई नगरपालिका–९ बस्ने २८ वर्षीय हरिओम गुप्ता छन् ।

सेवाग्राहीहरूलाई काम छिटो छरितो गरिदिन्छु भन्दै प्रचलित कानुनविपरीत अत्यधिक सेवा शुल्क लिई अनावश्यक हैरानी दिएकाले उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनीहरू उपर सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरमा प्रहरीबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध