नेभिगेशन
समाज विविध

दलित सहिदको खोजविन गर्न भोक हड्ताल

काठमाडौँ –जनयुद्ध जनआन्दोलनसहित विभिन्न आन्दोलनमा सहिद तथा वेपत्ता पारिएका व्यक्तिको नाममा भोक हड्ताल सुरु गरिएको छ । सहिद दिवसको अवसर पारेर काठमाडौंको वसन्तपुरमा भोक हड्ताल सुरु गरिएको हो । सहिद दिवसमा दलित सहिदको खोजबिन गर्न भोक हड्ताल सुरु गरिएको अभियन्ता राजेश विद्रोहीले बताए ।

जनयुद्ध जनआन्दोलनसहित विभिन्न आन्दोलनमा सहिद तथा वेपत्ता पारिएका दलित व्यक्तिको खोजविन हुनु पर्ने विद्रोहीको माग छ ।

दलित आन्दोलनसँग सम्बन्धित ८४ बुँदे माग पनि राखिएको छ । सोमबार बेलुका सहितको सम्झनामा दीप प्रज्वलन समेत गरिने छ । भोक हड्तालमा विद्रोहीसहित खगेन्द्र सुनार बसेका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध