नेभिगेशन
समाज विविध

नक्कली र राजस्व छली गरेको भारतीय र चिनियाँ मदिरा बजारमा

काठमाडौं– बजारमा ठुलो परिमाणमा नक्कली तथा राजस्व छली गरेको मदिरा पाइन थालिएको छ । आन्तरिक राजस्व विभागले बजार अनुगमन गर्दा नक्कली तथा राजस्व छली गरेको मदिरा फेला परेको हो ।

विभागले बजार अनुगमनमा फेला पारेको नक्कली र राजस्व छली गरेको मदिरामा सबैभन्दा बढी भारतीय र चिनियाँ छन् । विभागले चालु वर्षको पहिलो साढे ७ महिनामा १८ लाख बराबरको अन्तःशुल्कजन्य वस्तु नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको जनाएको छ ।

विभागले देशभरको अनुगमनबाट परिमाणमा वस्तुहरू जफत गरेको हो । केही दिन अघि सिक्किमे गोल्डेन १८ बोतल, सिक्किमे रम ६ सय २६ बोतल विभागको टोलीले जफत गरेको छ । यस्तै वल्र्ड मन्क, रोयल स्ट्याग, पलासियो वाइन रेड लेवल, सुपर पावर सुर्ती लगायत वस्तुहरु जफत गरेको हो ।

नेपालमा प्रत्येक वर्ष मदिरामा कर वृद्धि गर्दा विदेशी भन्दा महँगो भएकाले अवैध आयात मौलाएको हो । यसले गर्दा सिमावर्ती क्षेत्रमा अवैध मदिराको खुलेआम व्यवसाय हुने गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध