राष्ट्रपतिको निर्वाचन फागुन २५ मा
काठमाडौं–निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ । आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते शुक्रबार हुनेगरी मिति तोकेको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सोही निर्णयका आधारमा आयोगले सोमबार नै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिए । आयोगले त्यसबारे नेपाल सरकारका मुख्य सचिव मार्फत नेपाल सरकार मन्त्रिपरिषद्लाई लेखी पठाउनेछ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ ।
योे पनि
विद्यादेवी भण्डारीको महत्वाकांक्षाले राष्ट्रपति निर्वाचनमा अन्योल
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९ १३:४३
प्रतिक्रिया दिनुहोस्