नेभिगेशन
समाज विविध

विराटनगरका व्यवसायी आन्दोलनमा

विराटनगर –विकल्प बिनै विराटनगर महागनरपालिकाले सहरी क्षेत्रका सडकलाई नो–पार्किङ जोन घोषणा गरेपछि व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । मेनरोड, जलजला मोड, महावीर रोडसहितका सडकमा सवारी साधन राख्न नपाइने भन्दै विराटनगर महानगरले सडकमा रोक्न निषेध लेखिएका बार्डहरू राखेको छ । यसको विरोधमा सोमबार बजार क्षेत्रका व्यापारी व्यवसायीले पसल बन्द गरी महागनरविरुद्ध प्रदर्शन गरेका छन् ।

विराटनगरका व्यापारीहरूले बिहानदेखि पसल र व्यवसाय बन्द गरी मुख्य बजार क्षेत्रमा प्रदर्शन गरेका हुन् । महानगर क्षेत्रको पार्किङ व्यवस्थापन र खाली जग्गाको व्यवस्थापनको जिम्मेवारी पाएको अधिकृत पुनम दाहालले हाललाई जलजला हलदेखि अस्पताल मोड, कोसी अस्पतालदेखि शनिमन्दिर चोक, शनिमन्दिर चोकेदेखि गुदरीको बिजुली सडक, जलजलादेखि ट्राफिक चोकसम्म, गुदरीको ‘ए’ र ‘बी’ प्लट पंचमुखी मन्दिरदेखि गुदरी हाइवेसम्म पार्किङ निषेध गरिएको जानकारी दिए ।

तत्काललाई पार्किङको व्यवस्थापन ग्रिनक्रस अस्पतालदेखि दक्षिणको खाली जमिन, जलजला हल अगाडिको ६ कठ्ठा जमिन, गुदरी इप्लटको १० कठ्ठा जग्गा, त्यसकै छेउ उत्तरपट्टी शोभा मास्केको चार कठ्ठा जग्गा छनोट गरिएको दाहालले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध