Nic Ad Nic Ad
Nic Ad Nic Ad

दादुरबाट बाँकेमा ३ सय बालबालिका संक्रमित

सोमबार, माघ १६, २०७९

नेपालगन्ज –बाँकेमा पुस १२ गतेदेखि सुरु भएको दादुराबाट संक्रमित हुनेको संख्या ३०० पुगेको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार ५ पालिकामा गरी संक्रमित बालबालिकाको संख्या ३०० पुगेको हो । 

हालसम्म संक्रमित भएकामध्ये २९२ जना निको भइसकेको, ७ जना आइसोलेसनमा रहेको र १ जनाको मृत्यु भएको कार्यालयको तथ्यांक छ । नेपालगञ्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका, नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका र कोहलपुर नगरपालिकामा गरी ३२ वटा वडा दादुरा प्रभावित भएका छन् ।

संक्रमण तीव्र रुपमा फैलिएपछि बाँकेमा ६ महिनादेखि १५ वर्षमुनिका दादुरा, रुबेलाविरुद्धको खोप दिइएको छ । यस्तै १ लाख १५ हजार ७३५ जनालाई खोप दिइएको कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १५:०२
प्रतिक्रिया दिनुहोस्