Nic Ad Nic Ad
Nic Ad Nic Ad

वडास्तरमै राष्ट्रिय परिचयपत्र दर्ता

सोमबार, माघ १६, २०७९

म्याग्दी –म्याग्दीको बेनी नगरपालिकामा वडा स्तरमा राष्ट्रिय परिचयपत्र दर्ता सुरु भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा बेनी नगरपालिकाबाट अभियान शुरु भएको मेयर सुरत केसीले बताए ।  
नगरपालिकाको १० वटै वडामा एकै पटक परिचयपत्र दर्ताका लागि घुम्ति शिविर सञ्चालन सुरु भएको हो । मेयर केसीका अनुसार बेनीबजारमा रहेका २ वडामा पहिलोदिन कम भिडभाड भएपनि ग्रामीण क्षेत्रमा दर्ता शिविरमा भिड छ ।
१ वटा स्टेशनमा कम्तिमा १५ दिन टोलीले जैविक र व्यक्तिगत विवरण दर्ता गर्ने समय तालिका बनाइएको छ । बेनी नगरपालिकामा दर्ता सकिएपछि गाउँपालिकामा टोली खटिने प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बताए ।
परिचयपत्रमा व्यक्तिगत विवरणहरू नाम, थर, जन्म मिति, लिङ्ग, आमाबुबाको नाम, ठेगाना, नागरिकताको किसिम, पति पत्नीको नाम, बाजेको नाम औँला छाप व्यक्तिगत विवरण समावेश गरिएको हुन्छ । १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकताको प्रमाणपत्र लिएको व्यक्तिले नेपाली राष्ट्रिय परिचयपत्र लिने सक्ने व्यवस्था छ ।  
व्यक्तिका वैयक्तिक र जैविक सूचनालार्ई आधिकारिक रूपमा सङ्कलन गरी प्रत्येक नागरिकलार्ई एकअर्कासँग मेल नखाने परिचय नम्बर दिई बहुउपयोगी र आधुनिक प्रविधियुक्त राष्ट्रिय परिचयपत्र वितरण गर्ने उद्देश्य छ । नागरिकहरुको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र राष्ट्रिय परिचयपत्र हो ।   

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १५:२१
प्रतिक्रिया दिनुहोस्