बाग्मतीका मुख्य न्यायाधिवक्ताद्वारा शपथ ग्रहण
काठमाडौँ– बाग्मती प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपालले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
उच्च अदालत पाटनका मुख्य न्यायाधीश महेश पुडासैनीले प्रदेश प्रमुख यादवचन्द्र शर्माको उपस्थितिमा मुख्य न्यायाधिवक्ता नेपाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।
नेपालले प्रदेश प्रमुखको कार्यालय बाग्मतीमा आयोजित समारोहबीच मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्तसम्बन्धी ऐन, २०७५ को दफा १४ बमोजिम शपथ ग्रहण गरेको प्रदेश प्रमुखको कार्यालय हेटौँडाले जनाएको छ ।
शपथ ग्रहण समारोहमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल र अन्य मन्त्रीहरू उपस्थित थिए । मुख्यमन्त्री जम्कट्टेलले नेपाललाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका थिए ।
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९ १६:२९
प्रतिक्रिया दिनुहोस्