Nic Ad Nic Ad
Nic Ad Nic Ad

पाकिस्तानमा बम विस्फोट, २८ जनाको मृत्यु

सोमबार, माघ १६, २०७९

काठमाडौँ –पाकिस्तानको पेशावरमा भएको बम विस्फोटमा २८ जनाको मृत्यु भएको छ ।

पेशावरको एउटा मस्जिद भित्र बम विस्फोट भएको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् । घटनामा १५० जना भन्दा धेरै घाइते भएका छन् ।

उद्धारको काम जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने छ । पेशावारका प्रहरी अधिकारी मोहमद इजाज खानले विस्फोटपछि मस्जितको छत नै खसेको जानकारी दिए । उनले भने, ‘छत खस्दा केही मानिस पुरिएको आशंका छ, उद्धारकर्ताहरुले खोजी गरिरहेका छन् ।’

पेशावरको पुलिस लाइनमा रहेको मस्जिदमा विस्फोटको बेला ३०० देखि ४०० जना प्रहरीहरु नै उपस्थित रहेका पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । मानिसहरु नमाज पढ्नका लागि भेला भएको बेला विस्फोट भएको हो ।
 

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १७:१८
प्रतिक्रिया दिनुहोस्