नेभिगेशन
विश्व

राहुल गान्धीको भारत जोडो यात्रा’ पैदल यात्रा पूरा

नयाँदिल्ली –भारतीय कंग्रेसका नेता राहुल गान्धीले ‘भारत जोडो यात्रा’ पूरा गरेका छन् ।

गत वर्ष सेप्टेम्बर ७ मा राहुलले तमिलनाडुको कन्याकुमारीबाट पैदल यात्रा सुरू गरेका थिए ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनको यात्रा सोमबार जम्मु कश्मिरको श्रीनगरमा समापन भएको हो ।

नरेन्द्र मोदी नेतृत्वको अहिलेको सरकारले देशमा धर्म, सम्प्रदायलगायत विभिन्न आधारमा समाज विभाजन गरेको भन्दै राहुलले भारत जोडो यात्रा सुरू गरेका थिए ।

१३४ दिन लामो यात्राका क्रममा राहुल ११६ दिन दैनिक २३/२४ किलोमिटर हिँडेक थिए । यो अवधिमा उनले १४ राज्यका ७५ जिल्ला पार गरेका थिए ।/

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

पोप फ्रान्सिसको निधन