Nic Ad Nic Ad
Nic Ad Nic Ad

३ महिनाभित्र लेखा परीक्षण सम्पन्न गर्न निर्देशन

सोमबार, माघ १६, २०७९

काठमाडौँ– अर्थ मन्त्रालयले ३ महिनाभित्र लेखा परीक्षण सम्पन्न गर्न राष्ट्रिय बिमा संस्थान र राष्ट्रिय बिमा कम्पनी लिमिटेडलाई निर्देशन दिएको छ ।

अर्थ मन्त्रालयमा बसेको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लेखा परीक्षण हुन नसक्नु चिन्ताको विषय भएको बताउँदै वैशाख १६ सम्म लेखा परीक्षण सम्पन्न गर्न निर्देशन दिएका छन् । 

राष्ट्रिय बिमा संस्थान र राष्ट्रिय बिमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७३/०७४ देखि लेखा परीक्षण हुन बाँकी छ ।

अर्थमन्त्री पौडेलले लेखा परीक्षण सम्पन्न नहुँदासम्म बोनस र लाभांश वितरणलाई अघि नबढाउन पनि निर्देशन दिएका छन् ।

बैठकमा अर्थ मन्त्रालय राजस्व सचिव डा. रामप्रसाद घिमिरे, नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, राष्ट्रिय बिमा संस्थानका प्रमुख प्रशासक कविराज पाठक, राष्ट्रिय बिमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शेखर बराललगायतको उपस्थिति थियो ।

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १८:३३
प्रतिक्रिया दिनुहोस्