नेभिगेशन
मनोरञ्जन

‘छक्का पन्जा-४’को पहिलो गीत ‘दर्शन सलाम’ सार्वजनिक

काठमाडौँ– चलचित्र छक्का पन्जा–४ को पहिलो गीत सार्वजनिक भएको छ।  

गीतसंगीतको मामालामा चर्चामा रहेको चलचित्र ‘छक्का पन्जा–४ ’को पहिलो गीत ‘दर्शन सलाम’ सोमबार सार्वजनिक भएको हो ।

आमा सरस्वति मुभिज र आइएमई प्रिजेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको पहिलो गीत निकै उत्कृस्ट बनेको छ ।  

गीतमा नायिका स्वस्तिमा खड्कासंगै राज आचार्यको आकर्षक प्रस्तुति रहेको छ। साथै,  दिपक राज गिरिको पोस्टर सहितका ब्यानरहरु सजाएको स्थानमा कुनै पार्टीको निम्ति भोट माग्न तयार गरेको दृष्य देखाइएकाे छ । गीतको भिडियोमा दिपक–दिपा, निर्मल शर्मा लगायतका कलाकारको मुख्य भूमिका छ ।

कविराज गहतराजको कोरियोग्राफीमा तयार भएको यो भिडियोलाई हेमराज बिसीले निर्देशन गरेका हुन् । दिपकराज गिरिको कथामा दिपेन्द्र खनिया र केशब न्यौपानेले चलचित्र निर्माण गरेका हुन् ।

नायिका स्वस्तिमा खडकाको मुख्य भूमिका रहेको यस गीतमा राजेन्द्र थापाको शब्द रचना, दिपक शर्माको संगीत रहेको छ । गीतमा गायक डेबिड शंकर र गायिका शहिमा श्रेष्ठ आवाज रहेको छ । 

चलचित्र प्रदर्शनको लागि फाल्गुन १९ गतेको मिति तय गरिएको छ । 

यस्ताे छ  भिडियाे

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन