नेभिगेशन
अर्थ विविध

आर्थिक संकट समाधानका लागि नेकपा एसले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

काठमाडौँ–  नेकपा एकीकृत समाजवादीले सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

देशको आर्थिक संकट समाधानका लागि तत्काल पहल गर्न ज्ञापनपत्रद्वारा सरकारलाई आग्रह गरिएको नेकपा एसले जानकारी दिएको छ । 

मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै नेकपा एसले आर्थिक संकटका कारण सर्वसाधारणलाई अफ्ठ्यारो परेको भन्दै ध्यानाकर्षण गराएको छ ।

दैनिकजसो आत्महत्याको घटना हुनु पनि त्यसैको कारण भएको एकीकृत समाजवादीको ठहर छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध