Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रचण्डलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने

मंगलबार, माघ १७, २०७९

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न रवि लामिछाने बालुवाटार पुगेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने  मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् । 

सर्वोच्चले उनकाे नागरिकता अवैध ठहर गरेसँगै लामिछानेकाे सांसद र गृहमन्त्री पद गुमेकाे थियाे ।

प्रचण्ड र लामिछानेबीच समसामयिक राजनीतिबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । लामिछाने पुनः गृहमन्त्री बन्ने प्रयासमा छन् ।
 

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १०:३०
प्रतिक्रिया दिनुहोस्