Nic Ad Nic Ad
Nic Ad Nic Ad

एनटिभीले व्यापारिक आम्दानीमा वृद्धि गर्नुपर्छ : सञ्चारमन्त्री शर्मा

मंगलबार, माघ १७, २०७९

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिभिजनले व्यापारिक आम्दानीमा वृद्धि गर्नुपर्ने बताएकी छिन् । 

मंगलबार नेपाल टेलिभिजनको ३८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले नेपाल टेलिभिजनले आफूलाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउँदै लानुपर्ने चुनौती रहेको बताइन् । 

उनले उपलब्ध साधन, स्रोत र जनशक्ति परिचालन गरी व्यापारिक आम्दानीमा अभिवृद्धि गर्नुपर्ने बताइन् । टेलिभिजनलाई आधारभूत जनताले महसुस गर्ने गरी योजना तय गर्न पनि उनले आग्रह गरिन् । 

सञ्चारमन्त्री शर्माले गणतन्त्रको संवद्र्धन, राष्ट्रिय हितको प्रवद्र्धन, संवैधानिक सर्वोच्चता, विधिको शासन र सामाजिक न्यायको विषयलाई आत्मसात् गर्दै प्रसारणको विषयवस्तु बनाउनुपर्नेमा जोड दिइन् । प्रविधि र पहुँचमा पनि विस्तार र सुधार गर्दै लानुपर्ने उनको भनाइ थियो । 

मन्त्री शर्माले नेपाल टेलिभिजनको विकास, क्षमता अभिवृद्धि तथा कर्मचारीहरूको सेवा, सुविधा र वृत्ति विकासप्रति मन्त्रालय सकारात्मक रहेको बताइन् । 

उनले टेलिभिजनका कर्मचारीहरूले आफ्नो कर्मथलोप्रति सधैँ इमानदार र प्रतिबद्ध भई काम गर्ने विश्वास व्यक्त गरिन् ।

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १५:०९
प्रतिक्रिया दिनुहोस्