नेभिगेशन
सुरक्षा–अपराध

सन्दीप लामिछानेलाई थुनामै राख्नु पर्ने भन्दै सर्वाेच्चमा निवेदन

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध सर्वाेच्च अदालतमा निवेदन परेको छ । महान्यायाधिवक्ताको कार्यालयले उच्च अदालतको आदेश विरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएको हो ।

उच्च अदालतको आदेश बदर हुनुपर्ने र लामिछानेलाई थुनामा राखेरै बलात्कार मुद्दा अघि बढाउनुपर्ने माग सहित महान्यायाधिवक्ता कार्यालयले मंगलबार सर्वोच्च अदालतमा निवेदन दिएको महान्याधिवक्ताको कार्यालयका प्रवक्ता संजिव रेग्मीले जानकारी दिए ।

एक नाबालिकालाई बलात्कार गरेको अभियोग लागेका सन्दीपलाई जिल्ला अदालत काठमाडौंले थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध सन्दीपले दिएको निवेदनमा उच्च अदालत पाटनले २० लाख रुपैयाँमा छाड्ने आदेश दिएको थियो । उच्च अदालततको सो आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वाेच्चमा निवेदन दिएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

२४४ किलो गाँजासहित १ जना पक्राउ