नेभिगेशन
समाज विविध

काठमाडौका सबै वडा कार्यालयहरूमा निःशुल्क कानुनी सेवा दिइने

काठमाडौँ– काठमाडौँ महानगरपालिका र नेपाल ल क्याम्पसबीच काठमाडौँ महानगरपालिका अन्तर्गतका सबै वडा कार्यालयहरूमा निःशुल्क कानुनी सेवा उपलब्ध गराउन आज समझदारी भएको छ । समझदारीपत्र अनुसार महानगरका सबै वडा कार्यालयहरूबाट कानुनी तथा सामान्य किसिमका लिखत तयार गर्न, मौखिक रूपमा कानुनी परामर्श सेवा दिने कार्य हुनेछ । 

नेपाल ल क्याम्पसमा अध्ययनरत एलएलएम, एलएलबी तथा बिए एलएलबी तहमा अध्ययनरत बिधार्थीहरूबाट कार्यालय अवधिभर वडा कार्यालयहरू र केन्द्रीय कार्यालयमा बसी सेवा प्रदान गरेबापत १५००० रुपैयाँ मासिक सुबिधा उपलब्ध गराउने शर्त रहेको छ । यसबाट महानगरबासीलाई निःशुल्क कानुनी सेवा उपलब्ध हुने निश्चित भएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध

आज विश्व सम्पदा दिवस मनाइँदै

यस्तो छ आज तरकारी र फलफूलको मूल्य