Nic Ad Nic Ad
Nic Ad Nic Ad

बंगलादेश जाने महिला फुटबल टोलीको बिदाइ

मंगलबार, माघ १७, २०७९

काठमाडौँ – साफ यू–२० महिला च्याम्पियनसिप खेल्न बंगलादेश जाने टोलीलाई बिदाइ गरिएको छ ।

फेब्रुअरी ३ देखि ९ सम्म बंगलादेशमा आयोजना हुने साफ यू–२० महिलाच्याम्पियनसिपमा नेपाल र आयोजक बंगलादेशसति भारत र भुटानसहित चार टिमको सहभागिता हुनेछ ।

नेपालले पहिलो खेल घरेलु टोली बंगलादेशबीचसँग फेब्रुअरी ३ मा खेल्नेछ । यस्तै नेपालले फेब्रुअरी ५ मा भुटानसँग र फेब्रुअरी ७ मा भारतसँग लिग खेल्नेछ ।

सिंगल राउण्ड रोविन लिगमा हुने च्याम्पियनसिपमा शीर्ष दुईमा रहने टिमले फेब्रुअरी ९ मा फाइनल खेल्ने छन् ।

यामबहादुर गुरुङ मुख्य प्रिशक्षक रहेको टोलीमा सिनियर राष्ट्रिय टिमका तीन खेलाडी दिपा शाही, प्रीति राई र अमिसा कार्की छन् । राई कप्तानको जिम्मेवारीमा पनि छिन् ।

सन् २०१८ मा साफ यू–१८ च्याम्पियनसिपको नामबाट सुरु भएको यस प्रतियोगिता २०२१ मा यू–१९ फर्म्याटमा भएको थियो भने २०२२ मा फेरी यू–१८ को नाममा भएको थियो ।

पहिलो पटक यो प्रतियोगिता यू–२० फर्म्याटमा आयोजना हुन लागिएको हो ।  पहिलो संस्करणमा उपविजेता बनेको नेपालले अहिलेसम्म उपाधि जित्न भने सकेको छैन । २०२१ र २०२२ मा नेपाल तेस्रो भएको थियो ।


 

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १७:४५
प्रतिक्रिया दिनुहोस्