महाशिवरात्रिमा विशिष्ट अतिथि गोवर्द्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वती
काठमाडौँ– यस वर्षको महाशिवरात्रिका अवसरमा जगन्नाथपुरीस्थित गोवर्द्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीलाई विशिष्ट अतिथिका रुपमा निमन्त्रणा गरिएको छ ।
पूर्वीय दर्शनका ज्ञाता निश्चलानन्द सरस्वतीलाई महाशिवरात्रि पर्वको विशिष्ट अतिथिका रुपमा निमन्त्रण गरिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।
उनी फागुन ४ गते काठमाडौँ आउनेछन् । तयारीका लागि केही दिनअघि निश्चलानन्द सरस्वतीका अन्तर्राष्ट्रिय प्रभारी डा.प्रेमचन्द्र झा नेपाल आएका थिए । यस वर्ष फागुन ६ गते महाशिवरात्रि पर्व परेको छ ।
शङ्कराचार्यको आगमनको तयारी गर्न बुधबार पशुपति क्षेत्रस्थित शङ्कराचार्य मठमा कोषको संयोजनमा धार्मिक सङ्घ संस्थाको भेला बोलाइएको मठका पीठाधीश रमणानन्द स्वामीले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९ १९:२१
प्रतिक्रिया दिनुहोस्