Nic Ad Nic Ad
Nic Ad Nic Ad

मेलिसाको चम्केको भाग्य, पुलिसले जागिरबाट निकालेपछि कमाउँछिन् ५ गुणा बढी

बुधबार, माघ १८, २०७९

काठमाडौँ– धेरैले जागिरलाई महत्व दिएको पाइन्छ । अझ अमेरिकामा पुलिसको जागिर भनेपछि त धेरैले तत्काल सबै थोक छोडेर जागिर गर्न नै जान्छन् । तर, एक महिलाले प्रहरीको जागिर भन्दा बढी पैसा कमाएको भन्दै खुसी व्यक्त गरेकी छन् । 

निजी भिडियो भाइरल भएपछि प्रहरीको जागिरबाट हात धुनु परेको ति महिलाले हाल एडल्ट मोडेल बन्ने निर्णय गरिन् । अमेरिकाकी मेलिसा विलियम्सले प्रहरीको जागिर छुटेपछि यस्तो काम गर्न थालेकी हुन् । उनी अहिले ४६ वर्षकी भइन् । 

अमेरिकाको कोलोराडो निवासी उनी पहिले प्रहरी हुन् । तर निजी भिडियो भाइरल भएपछि उनले प्रहरीको जागिर गुमाउनु परेको थियो । अब मेलिसाले एडल्ट इन्डस्ट्रीमा प्रहरीको जागिरको तुलनामा ५ गुणा बढी पैसा कमाएको बताउँछिन् । यससँगै उनलाई विवाहका लागि पनि धेरै अफर आएको छ । 

406-1675098362 (1)1675221257.jpg

महिनामा २२ लाख रुपैयाँ कमाइ 

न्यूयोर्क पोस्टको रिपोर्टअनुसार मेलिसाले आफू आफ्नो कामबाट निकै खुसी रहेको बताएकी छन् । प्रहरीको जागिर छोडेकोमा उनलाई कुनै पछुतो छैन । मेलिसाले पुलिस अफिसरको जागिर छाडेको १ वर्षभन्दा बढी भइसकेको र नयाँ जागिरबाट आफू निकै खुसी भएको उनले बताइन् । मेलिसाले प्रहरी बलमा ११ वर्ष सेवा गरिसकेकी छिन् र उनी विवाहित हुन् । २ सन्तानकी आमासमेत रहेकी  मेलिसाले आफूले एडल्ट कन्टेन्टबाट हरेक महिना २७ हजार डलर भन्दा बढी आम्दानी गरिरहेको दाबी गर्छिन् । हरेक हप्ता करिब १० वटा विवाहको प्रस्ताव आउने गरेको उनले बताइन् । 

उनी प्रहरीको जागिरमा हप्ताको ६० घण्टा काम गर्थिन्  । उनले १८ महिनादेखि गुप्तमा काम गरिरहेकी थिइन् जब १ दिन कसैले उनको मालिकलाई मेलिसा पनि वयस्क मोडल हो र उनी मोडलिङ पनि गर्छिन् भनी बताए । यसबाहेक उनको निजी तस्विर र भिडियो पूरै कार्यालयमा भाइरल बनाइएको थियो । त्यसपछि उनलाई जागिरबाट निकालियो । उनीसँग अफिसमा काम गर्ने मानिसहरूलाई पनि यो कुरा थाहा थियो र मेलिसाको फोटो र भिडियो हेर्ने गर्थे । 

 

 

406-16750983621675221257.jpg

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  ०८:५८
प्रतिक्रिया दिनुहोस्