Nic Ad Nic Ad
Nic Ad Nic Ad

सिंहदरबार पूर्वी गेटअगाडि ढल फुटेर दुर्गन्ध, सरकार बेखबर

बुधबार, माघ १८, २०७९

काठमाडौँ– सिंहदरबारको पूर्वी गेटअगाडि ढल फुटेर दुर्गन्ध फैलिएको छ ।

ढल फुटेर सडकको आधा भाग ओगट्दा यस रुटमा चल्ने यातायातमा अवरोध सिर्जना भएको हो ।

ढलका कारण सडक हिलाम्मे भएको छ भने पैदलयात्री र सवारीसाधन चालकले सास्ती बेहोर्नुपरेको छ ।

सिंहदरबार पूर्वी गेटमा मंगलबार दिउँसोदेखि ढल फुटेर सडकमा दुर्गन्ध फैलिँदा समेत सरकार बेखबर छ ।

हालसम्म सरकारले पूर्वी गेट क्षेत्रमा फुटेको ढलको व्यवस्थापनका लागि कुनै पनि पहल गरेको छैन । 

पूर्वी गेट वरपरका स्थानीय पनि ढलको दुर्गन्धका कारण समस्यामा परेका छन् । 
 

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  १०:४६
प्रतिक्रिया दिनुहोस्