गृह मन्त्रालयबारे प्रचण्डले गरे ओली र लिङ्देनसँग छलफल
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधान तथा ऊर्जा मन्त्री राजेन्द्र लिङ्देनसँग बुधबार बालुवाटारमा छलफल गरेका छन् ।
प्रचण्डले दुवै नेतासँग छुट्टाछुट्टै छलफल गरेका हुन् । भेटका क्रममा समसामयिक विषयवस्तुका साथै सत्ता गठबन्धनको बैठक बोलाउने विषयमा छलफल भएको एक नेताले जानकारी दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता मुद्दाका कारण सांसद र मन्त्री पद गुमाएपछि गृह मन्त्रालय प्रधानमन्त्रीले आफैँले राखेका छन् ।
लामछिानेले नागरिकता पुनप्र्राप्ति गरेपछि गृह मन्त्रालय आफूले पाउनुपर्ने दाबी गरिरहेका छन् ।
लामिछानेले मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर गृह मन्त्रालय आफूले नपाए सरकारबाट बाहिरिने चेतावनी दिएाक थिए ।
यस्तै बेलुका ओली निवास बालकोट पुगेर लामिछानेले गृह आफूले पाउनुपर्ने अडान राखेका थिए ।