नेभिगेशन
विश्व

झारखण्डमा आगलागी हुँदा १४ जनाको मृत्यु

काठमाडौँ–भारतको झारखण्डमा भएको आगलागीमा १४ जनाको मृत्यु भएको छ । आगलागीमा १२ जना घाइते भएका छन् । झारखण्डको धनवादमा रहेको एक अपार्टमेन्टमा आगलागी भएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार आगलागीमा मृत्यु हुनेमा महिला र बच्चा छन् । उनीहरू विवाह समारोहमा सहभागी भएका थिए । आगलागीको समयमा भवनमा कति मानिस थिए भनेर खुलेको छैन । सुरक्षाकर्मी र अग्नि नियन्त्रकले भवनमा फसेका केहीको उद्धार गरेका छन् । आगलागीको कारण खुलेको छैन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाको दुःख व्यक्त गरी घाइतेको स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

पोप फ्रान्सिसको निधन