Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुनको भाउ बढ्यो

बुधबार, माघ १८, २०७९

काठमाडौँ–सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएकामा बुधबार ५ सय रुपैयाँले बढेर १ लाख ६ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ७० रुपैयाँ पुगेको छ । 

महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  १२:०१
प्रतिक्रिया दिनुहोस्