गोरखपुर पुग्यो कालीगण्डकीको देवशिला
जनकपुरधाम–भारत उत्तरप्रदेशको अयोध्यामा निर्माणाधीन राममन्दिरमा राख्नका लागि भगवान् रामको मूर्ति बनाउन नेपालको कालीगण्डकीबाट उत्खनन गरी पठाएको शिला गोरखपुर पुगेको छ । जनकपुरधामस्थित जानकी मन्दिरबाट शोभायात्रासहित सोमबार शिला अयोध्यातर्फ पठाइएकामा मंगलबार राति गोरखपुर पुगेको हो ।
जानकी मन्दिरका महन्थ रामपतेश्वर दासका अनुसार शिला बुधबार अयोध्या पु¥याएर विशेष समारोहका बीच मन्दिर व्यवस्थापन पक्षलाई हस्तान्तरण गरिने छ । हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको अवतारका रूपमा मान्ने शिलाबाट भगवान् रामको बालस्वरुपसहितको मूर्ति बबनाइने भएपछि यहाँका लाखौँ श्रद्धालुले बाटोमा निस्केर दर्शन तथा अभिनन्दन गरिरहेका छन् ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले देवशिलाको आदान–प्रदानपछि नेपाल र भारतको धार्मिक, सांस्कृतिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन अतुलनीय योगदान पुगेको आभास आफूले गरेको बताए ।
माघ १२ गते म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारबाट निकालिएका २ वटा शिला सोमबार जनकपुरधाम पु¥याइएका थिए ।