नेभिगेशन
समाज विविध

जनक शिक्षाका निर्देशकको राजीनामा माग्दै प्रदर्शन

काठमाडौँ– जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशकको राजीनामा माग गर्दै अनेरास्ववियुले प्रदर्शन गरेको छ ।

जनक शिक्षाका प्रबन्ध निर्देशकका कारण संस्थान धराशायी भएको भन्दै नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले भक्तपुरस्थित केन्द्रमा पुगेर प्रदर्शन गरेको हो ।

विद्यार्थीहरूले केन्द्रमा भएको भ्रष्टाचार छानबिन गर्न माग गर्दै विद्यार्थीहरूलाई पाठ्यपुस्तक समयमा नै उपलब्ध गराउनुपर्ने भन्दै नाराबाजी गरेका छन् । 

प्रदर्शनका क्रममा उनीहरूले केन्द्रको गेटको ताला फोडेर भित्र प्रवेश गरेपछि प्रहरीले बलपूर्वक बाहिर निकालेको थियो ।

अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले केन्द्रका प्रबन्ध निर्देशकले कमिसनको लोभमा पाठ्यपुस्तक छपाउने जिम्मा निजी क्षेत्रलाई दिने कामको विरोध गरिएको बताए ।

उनले भ्रष्टाचारमा मुछिएकाहरूलाई सरकारले कारबाही नगरे सशक्त आन्दोलन गर्ने चेतावनीसमेत दिए । 

भ्रष्टाचारीहरूलाई कुनै पनि संस्थानको जिम्मेवारी नदिन सरकारको ध्यानाकर्षण गराउने उनले बताए ।

अनेरास्ववियुले केन्द्रको व्यवस्थापनले नै समयमा नै पाठ्यपुस्तक नपठाएको आरोप लगाएको छ ।

328462562_1448245879039756_4042107149550547386_n1675240150.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध