बाँदर नियन्त्रण गर्न अध्ययन गर्न सांसदको माग
काठमाडौँ -बुधबारको प्रतिनिधिसभा बैठकमा सांसद ईश्वरबहादुर रिजालले बाँदर आतंक बढेको भन्दै त्यसको नियन्त्रणका लागि अध्ययन टोली बनाउन माग गरेका छन् ।
दोलखामा बाँदरको प्रकोप बढेको भन्दै त्यसले खेती र बसोबासमै समस्या सिर्जना गरेको रिजालले बताए ।
‘दोलखामा बाँदरको प्रकोप बढेको छ । मान्छेले खेती छाडेका छन्, बसाइँसराइ गरेर हिँडेका छन् । बाँदरले उठिबास लगाएको छ’, रिजालले भने ।
बादरको आतंक नियन्त्रण गर्न अध्ययन टोली बनाउन उनले माग गरे । संविधानले व्यवस्था गरेको खाद्य सुरक्षाको हक सुनिश्चित गर्न पनि बाँदर नियन्त्रण गर्नुपर्ने उनको भनाइ थियो ।
त्यसैगरी, बाली बिमाको सुनिश्चित गर्न पनि रिजालले संसद् बैठकमा माग गरे ।
प्रकाशित मिति: बुधबार, माघ १८, २०७९ १३:३४
प्रतिक्रिया दिनुहोस्