नेभिगेशन
अटोमोबाइल्स

'अवैध मदिरा बेचविखन गर्नेलाई कारबाही होस्’

काठमाडौँ– नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघले देशका विभिन्न भागबाट पेय पदार्थ तथा अवैध मदिरा, चोरी पैठारीलगायतमा संलग्नहरूलाई थुनामा राखेर अनुसन्धान गरिएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

अवैध मदिराको उत्पादन एवं बिक्री वितरणबाट सरकारको राजस्वमा असर पर्नुका साथै यस किसिमका अवैध मदिराको आयात, उत्पादन, बिक्री वितरण एवं उपभोगले देशको राजस्व, कानुनबमोजिम स्थापित उद्योगहरूको व्यावसायिक ख्याति, सिर्जित रोजगारी एवं जनस्वास्थ्यमा समेत गम्भीर असर परेको संघको ठहर छ ।

यसप्रति सचेत रहन सम्बन्धित सबैलाई संघले अनुरोध गरेको छ । यस किसिमका अवैध गुणस्तरहीन र मापदण्डविपरीत उत्पादनले राष्ट्र, समाज, व्यवसाय र व्यक्तिमा पार्ने गम्भीर प्रभाव पारेको भन्दै सचेत रहन संघले अनुरोध पनि गरेको छ ।

यस किसिमका कार्य कहीँ कतै भए सरकारलाई सूचना दिई अवैध कारोबारी रोक्न संघले आग्रह गरेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप अटोमोबाइल्स