'किन रोकियो परीक्षा ? जबाफ देऊ' [तस्बिर कथा]
चिकित्सा शिक्षा सुधारक संघर्ष समितिको र पीडित विद्यार्थी संघर्ष समितिको संयुक्त आयोजनामा हरूको परीक्षा रोकिएको र त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थाका डिनसँग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै माइतीघरमा प्रदर्शन गरेको छ ।
प्रदर्शनमा विद्यार्थीहरूले डिन र सरकारले सुनोस् भन्दै सिठ्ठी बजाएका छन् । अनेरास्ववियु काठमाडौ जिल्ला कमिटी अध्यक्ष एवम विद्यार्थी पीडित संघर्ष समितिका संयोजक राजिव दासलगायत विद्यार्थीहरूको उपस्थिति थियो ।
‘विद्यार्थीसँग गरिएको सम्झौता कार्यान्वयन गर, पीडित विद्यार्थीहरूलाई न्याय दे’ जस्ता नारा उनीहरूले लगाएका थिए ।
एमबीबीएस÷बीडीएसमा २ वर्षसम्म अध्ययन गरिसके पनि अहिलेसम्म परीक्षा रोकिएको कारण विद्यार्थीमाथि अन्याय भएको उनीहरूको भनाइ छ ।
प्रकाशित मिति: बुधबार, माघ १८, २०७९ १४:४७
प्रतिक्रिया दिनुहोस्