Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुडानमा रहेका शरणार्थीका लागि सहयोग माग

बुधबार, माघ १८, २०७९

काठमाडौँ –सुडानमा रहेका शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्च आयोगले सहयोग माग गरेको छ ।

संयुक्त राष्ट्रसंघीय उच्च आयोगले विश्वका विभिन्न दाता तथा देशहरूसँग पनि सो सहयोगका लागि आग्रह गरेको हो ।

सुडानमा शरणार्थीहरूको संख्या बढ्दै गएकाले उनीहरूलाई अत्यावश्यकीय सहयोगका लागि संयुक्त राष्ट्रसंघीय उच्च आयोगले विगतदेखि नै यस्तो सहयोगका लागि आग्रह गर्दै आएको थियो ।

मंगलबार सो आयोगले विभिन्न ४१ वटा संघसस्था तथा देशहरूलाई सुडानका शरणार्थीका लागि सहयोगको आग्रह गरेको हो ।

हाल सुडानमा कम्तीमा ९ लाख शरणार्थी रहेको बताइएको छ । उनीहरूका लागि आवश्यक खाद्यान्न एवं अन्य सहयोग आवश्यक परेको जनाइएको छ । 

आयुक्तको कार्यालयले मंगलबार विज्ञप्ति प्रकाशन गरी सन् २०२३ का लागि आवश्यक आर्थिक सहयोग गर्न विश्वका विभिन्न देशलाई आग्रह गरेको हो ।

सुडान अफ्रिकी देशमा शरणार्थीहरूलाई शरण दिइरहेको दोस्रो ठुलो मुलुक हो ।

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  १५:००
प्रतिक्रिया दिनुहोस्