गगन थापाको प्रश्नः ऋणले थिचिएका किसानले अप्रिय निर्णय नलिएसम्म कुर्ने हो ?
काठमाडौँ– नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले बैंकको ऋणमा थिचिएका किसानलाई जोगाउन सरकारसँग माग गरेका छन् ।
बुधवार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै महामन्त्री थापाले बैंकहरुले किसानलाई बैंकले मर्कामा परेको भन्दै बैकको ऋणमा थिचिएका किसानलाई जोगाउन सरकारसँग माग गरेका हुन् ।
पछिल्लो समय सयौंको सख्यामा साना किसानहरु कृषि मन्त्रालयमा पुगेर रोइरहेको भन्दै महामन्त्री थापाले बैंकहरुबाट ऋण लिएर कुखुरा फार्म चलाएका किसानको बर्डफ्लु न्युनिकरण गर्ने नाममा सरकारले कुखुरा फार्म नष्ट गरे बापत पाउने ५८ करोड क्षतिपूर्ति तत्काल दिन पनि आग्रह गरे ।
‘सयौंको सख्यामा साना किसानहरु कृषि मन्त्रालय धाइरहेका छन्, किसानहरु कृषि मन्त्रालय पुग्छन्, रुन्छन्, कराउँछन्, बैंकको ऋणले थिचिएका किसानहरुले कुनै अप्रिय निर्णय नलिएसम्म कुर्ने हो ? अप्रिय निर्णय गरेपछि आँशु झार्दै छानबिन गर्न समिति बनाउने हो कि ऋणले थिचिएका किसानहरुलाई जोगाउनको लागि दिने भनेर निर्णय गरेको पैसा दिने हो ?’ महामन्त्री थापाले भने ।