Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न निर्वाचन आयोगमा उजुरी

बुधबार, माघ १८, २०७९

काठमाडौँ –राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । नेपाली नागरिकको तर्फबाट युवराज पौडेल(सफल)ले आयोगमा उजुरी दिएका हुन् ।

‘निर्वाचन आयोगमा २०७९ असार १७ गते दर्ता भएको रास्वपाका सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतको संवैधानिक इजलासको माघ १३ गतेको फैसलाले अनागरिक भएको ठहर गरेको निजले दल दर्ता गर्दा एवम् संसद्को उम्मेदवार बन्दा पेश गरेको नागरिकता कानुनः अवैधानिक रहेको पुष्टि हुन्छ,’ निवेदनमा दाबी गरिएको छ ।

अवैधानिक नागरिकता पेश गरी रवि लामिछानेको अध्यक्षतामा बसेको बैठकले दल खोल्ने निर्णय गरेकाले सो हस्ताक्षर अवैध ठहर भएको निवेदनमा भनिएको छ । गैरनागरिक गृहमन्त्री हुँदा राष्ट्रको विरुद्ध जासुसी गर्ने गराउने र राष्ट्रिय गोपनीयता भंग गर्ने कार्य भएको कारण रास्वपा खारेज हुनुपर्ने माग पनि निवेदनमा गरिएको छ ।

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  १५:४७
प्रतिक्रिया दिनुहोस्