Nic Ad Nic Ad
Nic Ad Nic Ad

मन्त्रीहरूले व्यवस्था विरोधी अभिव्यक्ति दोहोर्‍याए स्वीकार्य हुँदैन : शक्ति बस्नेत

बुधबार, माघ १८, २०७९

काठमाडौँ –सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद एवम् पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रीहरूले संविधानको मूल्य र मान्यता विपरित टिप्पणी दोहोर्‍याए स्वीकार्य नहुने चेतावनी दिएका छन् ।

बुधबार संसद बैठकमा बोल्दै उनले संविधानको मूल्यभन्दा बाहिर गएर अभिव्यक्ति दिने काम नदो¥याउन मन्त्रीहरूलाई सचेत गराए ।
मन्त्रिपरिषदमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूले राजतन्त्र र हिन्दू राज्य स्थापना तथा संघीयता खारेज हुनुपर्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् । 

संविधान कार्यान्वयन गर्ने जिम्मेवारी सरकारको भएको र सरकार सहभागी मन्त्रीहरूले नै संविधान विपरित अभिव्यक्ति दिइरहेको बस्नेतले बताए । 

बस्नेतले भने, ‘संसद र सडकमा यो विषयमा बहस एक हदसम्म  स्वीकार्य पनि छ । हरेकले आ–आफ्नो मूल्य र मान्यतालाई स्वीकार गरेर अघि बढ्लान । सरकार संविधानको कार्यान्वयन गर्ने संस्था हो । क्याबिनेटका सदस्यहरुले  संविधान संविधानका मूल्यभन्दा बाहिर गएर गर्ने टिप्पणी स्वीकार्य हुन सक्दैन ।’

सांसद बस्नेतले राजनीतिक दलहरूलाई आ–आफ्नो दृष्टिकोण स्थापित गराउने छुट भए पनि सरकारमा रहेका मन्त्रीहरूलाई जथाभावी बोल्ने अनुमति संविधानले नदिएको बताए । 

परिवर्तनकारी शक्तिहरूलाई स्वीकार गर्ने आँट नभएर पनि देशमा व्यवस्था परिवर्तन हुँदासमेत जनताको अवस्थामा भने परिवर्तन आउन नसकेको बस्नेतको भनाइ थियो । 

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  १६:५३
प्रतिक्रिया दिनुहोस्