नेभिगेशन
समाज विविध

दक्षिण एसिया ट्रान्सजेन्डर सम्मेलन सम्पन्न

काठमाडौँ –नेपालमा पहिलो पटक दक्षिण एसिया ट्रान्सजेन्डर सम्मेलन भएको छ । एसिया प्यासिफिक ट्रान्सजेन्डर नेटवर्क (एपिटिएन) ले ब्लु डायमन्ड सोसाइटी (नीलहिरा समाज) सँगको सहकार्यमा काठमाडौंमा ५ दिन सम्मेलन भएको हो ।
सम्मेलनमा ‘रिइम्याजिनिङ द फ्युचरः ट्रान्स एण्ड जेन्डर डाइभर्स पिपल्स कन्भेनिङ’ शीर्षकमा छलफल गरिएको थियो । एपिटिएनले आयोजना गरेको सम्मेलनमा चालीसभन्दा बढी पारलैंगिक महिला र पारलैंगिक पुरूषको सहभागिता थियो। सहभागीहरूले पहिचानका कारण भएको हिंसा, स्वास्थ्यका बारेमा छलफल गरेका थिए ।
एपिटिएनले दक्षिण एसियाका पारलैंगिक व्यक्तिहरूको हक, अधिकारका लागि विभिन्न परियोजनासहित काम गर्छ। यो संस्थाले पारलैंगिक तथा ट्रान्स–वुमन÷म्यानका लागि मात्र काम गर्ने कार्यकारी निर्देशक जो वङ बताउँछन् ।
ट्रान्स अधिकारको अवस्था साझा गर्न र छलफल गर्न तिनीहरूको प्रामाणिक आत्म बन्न सक्ने उनले बताए ।
उनले सम्मेलनमा यसो भने, ‘यसरी हामीले सांस्कृतिक, राजनीतिक र पहिचान विविधतालाई प्रोत्साहन र अँगालेर हाम्रो सन्दर्भभित्र बलियो आन्दोलनहरू निर्माण गर्न जारी राख्छौं ।’
संस्थाले भारत, पाकिस्तान, भुटान, श्रीलंका, बंगलादेश र नेपालमा रहेका पारलैंगिक अभियान्ताहरूसँग सहकार्य गरी परियोजना तयार पारिरहेको नीलहिरा समाजकी निर्देशक मनिषा ढकालले जानकारी दिइन् ।
स्वास्थ्य सेवामा पहुँच, कानुनी रूपमा लिंग पहिचान, द्वन्द्वका क्षेत्रहरूमा ट्रान्सजेन्डर बसाइँसराइ र घृणित अपराध क्षेत्रहरूमा ट्रान्सजेन्डर अधिकारका मुद्दाहरूलाई दबाउन नदिने जस्ता मानवअधिकारको विषयबारे सम्मेलनमा गम्भीर रूपमा छलफल भएको ढकालले बताइन् ।
सम्मेलनले पारलैंगिक व्यक्ति र लैंगिक विविधता भएका व्यक्तिहरूको वास्तविक समस्या र चुनौतीहरूलाई उर्जागर गर्न सहयोग मिलेको समेत ढकालले बताएकी छन् ।
सम्मेलनमा नर्वेका राजदूत टोरुन द्रमदलले पारलैंगिक व्यक्तिको पहिचानलाई सम्मानजनक स्वीकार गर्नुपर्ने बताएकी थिइन् । लैंगिक विविधता भएका व्यक्तिलाई देशले स्वतन्त्र तरिकाले बाँच्न दिनुपर्ने टोरुनले बताइन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध