Nic Ad Nic Ad
Nic Ad Nic Ad

महाशिवरात्रिमा लिङ्ग पुराण महायज्ञ गरिने

बुधबार, माघ १८, २०७९

काठमाडौँ– महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्र विकास कोषले फागुन १ गतेदेखि लिङ्ग पुराण महायज्ञ आयोजना गर्ने भएको छ ।

लिङ्ग पुराणको नेपाली अनुवादसहित प्रकाशन गरेको कोषले महाशिवरात्रिका अवसरमा पहिलोपटक अनुष्ठान गर्न लागेको हो । 

नेपाली अनुवादसहितको लिङ्ग पुराण महाशिवरात्रिकै अवसरमा जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीले विमोचन गर्ने भएको छ । 

विमोचनपछि पशुपतिनाथ मूल मन्दिरको पश्चिमढोकाअघि स्थापना गरिएको कोषको बिक्री कक्षबाट पनि पुराणको पुस्तकको बिक्री गरिने जनाइएको छ । कोषले यसअघि शिव पुराण पनि नेपाली अनुवादसहित प्रकाशन गरिसकेको छ । 

कोषले प्रकाशन गरेका सबै पुस्तक पश्चिमढोका अघिको बिक्री कक्षमा पाइने संस्कृति महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए । यस वर्षको महाशिवरात्रि पर्व फागुन ६ गते परेको छ । 

कोषले महाशिवरात्रिको तयारीका काम सुरु गरिसकेको जनाइएको छ ।

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  १९:३८
प्रतिक्रिया दिनुहोस्