Nic Ad Nic Ad
Nic Ad Nic Ad

मलखादको समस्या समाधान गर्ने मन्त्री साहको प्रतिबद्धता

बुधबार, माघ १८, २०७९

वीरगञ्ज– कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले मलखादको समस्या दीर्घकालीनरुपमा समाधान गर्न सरकार तत्पर रहेको बताएकी छन् । 

पर्साको वीरगञ्जस्थित कृषि सामग्री कम्पनी लिमिटेडको आज निरीक्षणपश्चात् सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले बर्सेनि हुने मलखादको समस्या सरकारले गम्भीरतापूर्वक लिएको र यसको दीर्घकालीनरुपमा समाधानका लागि नीतिगत व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

किसानलाई समयमै मलखाद्य, बीउबिजन र कृषि उपकरण उपलब्ध गराउन सरकारले ठोस योजना बनाइरहेको उल्लेख गर्दै मन्त्री साहले परम्परागत कृषि प्रणालीमा सुधार ल्याउनुपर्ने औँल्याइन् । 

किसानलाई मल अभाव हुन नदिन कम्तीमा छ महिनासम्मका लागि माग धान्ने गरी व्यवस्थापन गर्न कर्मचारीलाई निर्देशन दिदै उनले मलखादको अभाव हुन नदिन समयमै मल खरिद प्रक्रिया सुरु गरिने जानकारी दिइन् । 

मन्त्री साहले वीरगञ्जस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा पुगेर मलको अवस्था, कर्मचारीको नियमिततालगायतका विषयमा छड्के अनुगमन गरिन् ।

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  २०:५३
प्रतिक्रिया दिनुहोस्