नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने
काठमाडौँ –नेपाली कांग्रेसले राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी दिने भएको छ ।
सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बिहीबार बसेको संदीय दल कार्यसमितिको बैठकले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदावारी दिने निर्णय गरेको कांग्रेसका मुख्य सचेतक रमेश लेखकले जानकारी दिए ।
उनका अनुसार राष्ट्रियसभाको उपाध्यक्षमा पार्टीले उम्मेदवारी दिने र यसबारे अन्य दलहरूसँग छलफल गरिनेछ ।
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुँदैछ । यस्तै, बैठकले कांग्रेस संसदीय दलको बैठक माघ २६ गते बोलाउने निर्णय गरेको छ ।
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९ १२:००
प्रतिक्रिया दिनुहोस्