Nic Ad Nic Ad
Nic Ad Nic Ad

कपिलवस्तुमा हात्तीपाइले निवारण महाअभियान सुरु हुँदै

बिहीबार, माघ १९, २०७९

कपिलवस्तु –कपिलवसतुमा हात्तीपाइले निवारणका लागि ११ फागुनदेखि महाअभियान सुरु हुँदैछ । विगत १४ वर्षदेखि अभियान संचालन हुँदै आएको छ । विगतका १४ वटा अभियानबाट समेत हात्तीपाइले निवारण नभएपछि यस वर्ष फेरि १५ औं चरणको अभियान संचालन हुन लागेको हो ।  

samridhi jewllers

हात्तीपाइलेको जीवाणु फेला परेपछि यस वर्ष फेरि अभियान संचालन गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । कार्यालयले तौलिहवामा आयोजना गरेको हात्तीपाइले रोगविरुद्धको अभियानसम्बन्धी जिल्ला स्तरीय गोष्ठीमा त्यस बारे जानकारी गराइएको हो । गोष्ठीमा रोग निवारणका लागि साझा प्रयास आवश्यक रहेको निचोड निकालिएको थियो ।  

स्वास्थ्य कार्यालयका जन स्वास्थ्य निरीक्षक उमेश घिमिरेले २०७८ मा महाराजगन्ज र कृष्णनगर नगरपालिका गरी ६५५ जनामा गरिएको नमूना परीक्षणमा करिब साढे ८ दशमलव ३९ प्रतिशतमा हात्तीपाइलेका जीवाणु फेला परेको बताए । गत वर्ष पालिकाको तथ्यांकमा ९० प्रतिशत बढी औषधी सेवन गरेको भनिए पनि ७८ प्रतिशले मात्र औषधी सेवन गरेको अध्ययनले देखाएको घिमिरेले बताए ।  उनले ११ फागुनदेखि पालिकाका सबै ९६ वडामा रहेको खोप केन्द्रमा औषधी सेवनको अभियान संचालन गरिने बताए ।  

२ वर्ष माथिका सबैलाई लक्षित गरी अभियान संचालन गरिने स्वास्थ्य कार्यालयका निमित्त प्रमुख अनिरुद्ध श्रीवास्तवले जानकार िदिए । विगतका वर्षहरूमा यो रोग विरुद्ध आम औषधी सेवन ( एमडिए ) संचालन गरिएकोमा गत वर्षदेखि आइडिए अभियान चलाइएकोे हो । 

२ वर्षमुनीका, गर्भवती र ७ दिन सम्मका सुत्केरी, सिकिस्त बिरामीले औषधी सेवन गर्न नहुने चिकित्सकहरू बताउँछन् । कपिलवस्तुमा २६३ जना हात्तीपाइले रोगी फेला परेका छन् ।

अभियानमा २ वर्ष माथिका ६ लाख २० हजार ४९१ जनालाई औषधि खुवाउने लक्ष्य रहेको छ । 

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १२:०७
प्रतिक्रिया दिनुहोस्