Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुनको  मूल्य हालसम्मकै उच्च

बिहीबार, माघ १९, २०७९

काठमाडाैँ – पछिल्लो समय सुनचाँदी बजारमा सुनको मूल्य निरन्तर उकालो लाग्दै आएको छ । 

आज छापावाल सुनको कारोबार प्रतितोला १ लाख ७ हजार ५ सय  तोकिएको छ ।

 अघिल्लो दिन प्रतितोला १ लाख ६ हजार ३ सयमा कारोबार भएको उक्त सुन आज प्रतितोला १ हजार २ सयले बढ्दा नेपाली बजारमा सुनको कारोबार मूल्य हालसम्मकै उच्च भएको हो ।  यसअघि यही माघ १२ गते सुनको कारोबार प्रतितोला १ लाख ६ हजार ९ सय पुगेको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार छ । अघिल्लो दिन उक्त सुन १ लाख ५ हजार ८ सय पुगेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो दिनको कारोबारको तुलनामा १५ ले बढेर प्रतितोला १ हजार १९५ पुगेको महासङ्घले जनाएको छ । अन्तराष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्य बढेकाले यहाँको बजारमा त्यसको असर परेको महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताए । महासङ्घले अन्तराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको मूल्यका आधारमा दैनिक यहाँ कारोबार मूल्य तोक्दैआएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १२:३९
प्रतिक्रिया दिनुहोस्