Nic Ad Nic Ad
Nic Ad Nic Ad

सांसद गाउँ पस्दा जनताले राँको लिएर लखेट्छन् : उपसभामुख राना

‘उपसभामुखलाई हेपेको पाएँ’
बिहीबार, माघ १९, २०७९

काठमाडौँ– उपसभामुख इन्दिरा रानाले उपसभामुखलाई हेप्ने गरेको बताएकी छिन् । 

बिहीबार संसद् भवन नयाँ बानेश्वरमा आयोजित प्रतिनिधिसभाका सदस्यहरूका लागि २ दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले उपसभामुखलाई उप÷चुप जस्ता वाक्यांशहरू प्रयोग गरेर हेप्ने गरेको बताइन् ।

आफू उपसभामुख भइसकेपछि केही जिल्ला भ्रमण गरेपछिको अनुभवबाट पनि सो कुरा जानकारी पाएको उनले बताइन् । उपसभामुख अब चुप नभई ९उपर० अर्थात् झनै माथि जाने भएको उनले बताइन् ।

उनले संसद्मा महिला सांसदहरूले जनताका समस्यालाई गुञ्जायमान गर्नुपर्ने बताइन् । सांसदहरू काठमाडौँ केन्द्रित हुनु नहुने भन्दै उनले काठमाडौँ केन्द्रित हुँदा जनताले गाउँ जाँदा राँको लिएर लखेट्ने बताइन् । 

‘मैले केही गाउँहरू भिजिट गरेँ उपसभामुख भइसकेपछि । उहाँहरूका लागि आवश्यक सामग्रीहरूको उपलब्धता छैन, यस्ता विषयहरू सदनमा गुन्जियोस्, सांसदहरूले यी कुराहरूमा ध्यान दिनुहुनेछ,’ उनले भनिन्, ‘उपसभामुखलाई उप, चुप भन्नेकुरा छ । मैले यसमा उप अब उपर जाने हो भनेर आएकी छु ।’

महिला सांसदहरूले विभिन्न समस्या भोग्नुपरेको भन्दै उनले सांसदहरूले स्थलगत अवलोकन गरेर जनताका आवश्यक इस्यु उठाउनुपर्ने बताइन् । ‘हामी काठमाडौँ केन्द्रित मात्रै भएर बस्ने हो भने हामीलाई गाउँमा जाँदा जनताले राँको बालेर खेद्छन् ।’

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १६:१४
प्रतिक्रिया दिनुहोस्