नेभिगेशन
समाज विविध

ठक्करबाट बालिकाको मृत्युपछि बसमा आगजनी

काभ्रेपलाञ्चोक– काभ्रेको नमोबुद्ध नगरपालिका–७ भकुण्डेबेँसीमा बसले ठक्कर दिँदा १ बालिकाको मृत्यु भएको ज्यान गएको छ ।

बालिकाको मृत्यु भएपछि आक्रोशित स्थानीयले बसमा आगनी गरेका छन् । बिहीबार दिउँसो काठमाडौँबाट भकुण्डेतर्फ जाँदै गरेको बा २ ख ७३४२ नम्बरको बसले बालिकालाई ठक्कर दिएको थियो । 

ठक्करबाट ८ वर्षीया दिविशा अधिकारीको घटनास्थलमै मृत्यु भएको थियो । घटनापछि आक्रोशित स्थानीय बासिन्दाले बसमा आगजनी गरेका हुन् ।

बसमा आगजनीसहित स्थानीयले बीपी राजमार्ग अवरुद्ध गरी विरोध प्रदर्शन गरेका छन् ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध