Nic Ad Nic Ad
Nic Ad Nic Ad

सरकारले गर्‍यो एकैपटक २६ सहसचिवको सरुवा

बिहीबार, माघ १९, २०७९

काठमाडौँ– सरकारले एकैपटक २६ जना सहसचिवको सरुवा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका सहसचिव भूपाल बराललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको छ ।

यस्तै केदारनाथ शर्मालाई गृह मन्त्रालय, रमेशकुमार केसीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र बाबुराम सुवेदीलाई राष्ट्रिय योजना आयोगको सचिवालयमा पठाएको छ ।

यस्तै अर्थ मन्त्रालयमा सरुवा हुनेहरूमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सेवन्तक पोखरेल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका श्रीकृष्ण नेपाल र राष्ट्रिय योजना आयोगका धनीराम शर्मा छन् । 

यसैगरी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीका सचिव रामप्रसाद आचार्य, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रमेश अर्याल र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्य पनि अर्थ मन्त्रालयमै पुगेका छन् । 

यसैगरी यातायात व्यवस्था विभागका महानिर्देशक डा। टोकराज पाण्डेयले सत्य निरूपण तथा मेलमिलाप आयोगको जिम्मेवारी पाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव इन्द्रमणि पोखरेल भने भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा पु¥याइएका छन् । 

वातावरण विभागका नमराज घिमिरे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, निर्वाचन आयोगका विश्वप्रसाद अर्याल बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोग, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकी सुशीला अर्याल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सहरी विकास मन्त्रालयका मोहनराज चापागाईँ सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय प्रदेश १ र सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय प्रदेश १ का अशोककुमार साह सहरी विकास मन्त्रालयमा सरुवा भएका छन् ।

यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव बाबुराम भण्डारीको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशका सचिव दीपक लामिछानेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा भएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशका प्रदेश सचिव दिनेशसागर भुसाललाई गृह मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालयका सहमहालेखा नियन्त्रक जितेन्द्र बस्नेतलाई गृह मन्त्रालय, सहकारी विभागका रजिस्ट्रार रुद्रप्रसाद पण्डितलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

त्यसैगरी राजस्व अनुसन्धान विभागका महानिर्देशक मदन दाहाल र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा, अर्थ तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशका सचिव नेत्रप्रसाद सुवेदीको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयका सहसचिव यज्ञ कोइरालाको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १७:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार