विद्यार्थीलाई यौन सम्बन्ध राख्न बाध्य पार्ने ६ जना शिक्षक पक्राउ
केन्यामा प्राथमिक विद्यालयका विद्यार्थीले सजायस्वरूप यौन सम्बन्धको नक्कल गरेको भिडियो भाइरल भएको भन्दै यसमा संलग्न रहेको आरोपमा ६ जना शिक्षकलाई पक्राउ गरेको केन्याको प्रहरीले जनाएको छ ।
उक्त फुटेजमा विद्यालयको पोसाकमा रहेका ४ जना केटाहरूले विद्यालय परिसरको रूखमुनि यौन क्रियाकलापको नक्कल गरिरहेको देखाइएको छ ।
उक्त क्लिप (२९ सेकेन्ड लामो) को पृष्ठभूमिमा यी ६ जना गफ गरिरहेको र १ नाङ्गा (शर्ट नलगाएका) बालकले आफ्नो अनुहारबाट आँसु पुछ्दै गर्दा हाँस्दै गरेको सुनिन्छ ।
राजधानी नैरोबीबाट करिब ३ सय किलोमिटर टाढापर्ने न्यामाचे भन्ने ग्रामीण सहरमा ‘विद्यालयका विद्यार्थीहरूलाई अशोभनीय कार्यको पर्दाफास गरेको’ भिडियो रेकर्ड गरिएको प्रहरीले जनाएको छ ।
एएफपीलाई प्राप्त १ रिपोर्टमा प्रहरीले ५ महिला र १ पुरुष गरी ६ जना शिक्षकलाई पक्राउ गरिएको र अनुसन्धानमा सहयोग गरिरहेको जनाएको छ । यस घटनाले केन्याली सामाजिक सञ्जालमा आक्रोश पैदा गरेको छ र धेरैले रूढीवादी, इसाई राष्ट्रमा कारबाहीको माग गरेका छन् ।
शिक्षामन्त्री इजकिएल माचोगुले शिक्षकहरूलाई अनुशासनको कारबाही गरिने र दोषी पाइएमा बर्खास्त गरिने बताए। केन्याको यौन अपराध ऐनअनुसार अर्को व्यक्तिलाई अशोभनीय कार्य गर्न बाध्य पार्ने व्यक्तिलाई कम्तीमा ५ वर्षको जेल सजाय हुनसक्छ ।