Nic Ad Nic Ad
Nic Ad Nic Ad

सहिद भूमिमा ८ सयभन्दा बढीले पाए रोजगारी

शुक्रबार, माघ २०, २०७९

धनकुटा गएको ५ वर्षमा धनकुटाको सहिद भूमि गाउँपालिकाका ८३१ जनाले रोजगार पाएका छन् । पालिकामा आर्थिक वर्ष २०७५/७६ देखि सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत उक्त सङ्ख्यामा रोजगार पाएका हुन् ।

सुरुआती वर्षमा ५१७ र पछिल्लो वर्षदेखि दैनिक ५७० का दरले पालिकाका निम्न आय भएका व्यक्तिले १ सय दिनको रोजगार पाएका हुन् । चालु आव २०७९/८० बाहेक चार वर्षमा १९३ महिला र ४९९ जना पुरुषले राेजगार पाएका छन् । रोजगार कार्यक्रमको ‘कामका लागि पारिश्रमिकमा आधारित’ र ‘युवा रोजगारीका लागि रुपान्तरण आयोजना’ बाट पालिकामा २ करोड ७० लाख ५३ हजार १५० भित्रिएको छ ।

रोजगार कार्यक्रमले निम्न आय भएका परिवारलाई जीविकोपार्जन गर्न सहज भएको प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका संयोजक सीता पौडेलले जानकारी दिइन्।

सडक निर्माण तथा संस्कृति प्रवर्द्धन क्षेत्रको रोजगारका लागि पालिकामा हरेक वर्षको वैशाखसम्म सञ्चालन हुने कामका लागि ५ वर्षमा १ हजार ५५७ आवेदन परेको छ । २०७५/७६ मा ११२, आव २०७६/७७ मा ५६, आव २०७७/७८ मा २६१, २०७८/७९ मा २६१ र चालु आवको हालसम्ममा ११४ जनाले राेजगार पाएका छन् ।

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  ०७:१८
प्रतिक्रिया दिनुहोस्