Nic Ad Nic Ad
Nic Ad Nic Ad

जब कुकुरलाई कङ्गा डान्स गराएर बाबुले तोडे छोरीको विश्व रेकर्ड

शुक्रबार, माघ २०, २०७९

काठमाडौँ – अहिले हरेक व्यक्तिले विश्व रेकर्ड राख्न अनोकौँ प्रयासहरु गरिरहेको देखिन्छ । विश्व रेकर्ड आफ्नो नाममा बनाउँनका लागि बाबु छोरीको प्रतिस्पर्धा भयो भन्ने सुनेपछि छक्क पर्नु होला । तर, साँचो हो । छोरीले बनाएको विश्व रेकर्ड तोड्न जर्मन नागरिकले १४ वटा कुकुरलाई कङ्गा डान्स गराएका छन् । 

उनले आफ्ना कुकुरहरूलाई कङ्गा गर्न सिकाएर गिनिज वल्र्ड रेकर्ड बनाएका हुन् । जर्मनका वोल्फगैंग लान्बर्गर र उनको कुकुरहरूको प्याकले २०२० मा उनकी छोरी एलेक्सा लान्बर्गरको रेकर्ड तोडेका थिए । कङ्गा १ ल्याटिन अमेरिकी नृत्य हो, जसमा एक व्यक्ति अर्कोको पछाडि उभिएर शृङ्खला बनाउँछ।

कीर्तिमान हासिल गर्न, वोल्फग्याङ र उनका कुकुरहरू – एम्मा, फिलो, फिन, सिमोन, सुसी, माया, उल्फ, स्पेक, बीबी, केटी, जेनिफर, एल्विस, चार्ली र क्याथीले गिनिज न्यायाधीशको अगाडि कङ्गा लाइन बनाएर नाचेका हुन् । गिनिज वल्र्ड रेकर्डको आधिकारिक ट्विटर ह्यान्डलले उक्त भिडियो साझा गरेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  ०७:४४
प्रतिक्रिया दिनुहोस्